काठमाडौँ / कोरोना संक्रमण सँग जुधिरहेका चलचित्र निर्माता एवं छायाँकार भिम रानाको निधन भएको छ ।  रानाको ५८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । 

काठमाडौं लाजिम्पाट निवासी रानाले सिनेमास्कोप प्रविधिमा बनेको पहिलो चलचित्र ‘माइली’को निर्माण  लगायतका थुप्रै नेपाली चलचित्रको छायांकन गरेका छन् । उनले स्टिल क्यामेरादेखि करिअर सुरु गरेर ठूलो चलचित्र, एनएफडिसीको सिईओसम्म भएर काम गरेका थिए । 

OM Sai Pathibhara Hospital

छायाँकार गौरीशंकर धुजु ,चलचित्र कलाकार रविन्द्र खड्का लगायतका चलचित्रकमीर्ले राना संगै चलचित्रमा काम गरेको स्मरण गरेका छन् । साथै रानाको निधनमा थुप्रै चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् । 

'मलाई चलचित्र माईलीमा गीत गाउने मौका दिनुभएको थियो', हार्दिक श्रद्धाञ्जली दाइ वैकुण्ठबास होस् ।’ भन्दै गायिका देविका बन्दनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् । 

रानाको परिवारमा उनकी श्रीमती, एक छोरा र एक छोरी छन् ।