प. पुरण भट्टराई 

आज मिति : २०७८ भदौ १ गते मङ्गलबार ई.स.२०२१ अगस्ट १७ तारिक । दक्षिणायण वर्षा ऋतु । सावण शुक्लपक्ष ५ः५३ मिनेट पछाडि दशमी तिथि। १ः५१ सम्म नक्षत्र रहेको छ ज्येष्ठा । ५ः५३ सम्म करण रहेको छ कौलव। १२ः१७ सम्म योग रहेको छ बैधृती । आजको सूर्योदय ५ः३५ । आजको सूर्यास्त ६ः३९ मा हुनेछ ।

OM Sai Pathibhara Hospital

आजबाट सूर्य सिंह राशीमा रहनु हुनेछ ।  भोलि १ः५१ सम्म चन्द्रमा वृश्चिक राशीमा रहनु हुनेछ । भोलि १ः५१ भन्दा अगाडि जतिपनि बालकको जन्म हुन्छ , उनीहरूको न्वारनको नाम वृश्चिक राशिबाट जुर्ने छ ।

आजको दिनमा शुभ बेला

१०ः२९ देखि १२ः०७ सम्म लाभ बेला रहेको छ भने

१२ः०७ देखि १ः४५ सम्म अमृत बेला रहेको छ ।

यो शुभ बेलामा शुभ कामको थालनी गर्न सक्नु हुनेछ ।

आजको राशिफल

(१) मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आजको दिनमा यात्रा गर्दा विचार पुर्याउनु पर्नेछ । कोहीसँग बोल्दा विचार पुर्याएर बोल्नु पर्नेछ । मन खिन्न हुने स्थिति आउन सक्छ  । अनावश्यक झमेलामा परिएला , सतर्क रहनुहोला  ।

(२) वृष :  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ कामको चर्चा सहित राज्यबाट सहयोग मिल्नेछ ।

(३) मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

वित्तिय संस्थाबाट सहयोग पाउनु हुनेछ । आँटेको कार्य पुरा होला । पुँजी बजारले साथ दिनेछ । 

(४) कर्कट  : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफन्तसँग कलह बढ्ने छ । झैझगडाको योग छ । कुनैै निर्णय लिँदा विचार पुर्याउनु पर्नेछ ।

(५) सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नु हुनेछ । अचल सम्पत्तिको आगमन हुने योग रहने छ । 

योग छ ।

(६) कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मनमा सन्तोष प्राप्त हुनेछ । लगनशीलताले काम अगाडि बढ्ने छन् । वित्तिय संस्थाबाट सहयोग पाइने छ । प्रेमीको सहयोगले मन सन्तुष्ट रहला ।

( ७ ) तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

मनमा सन्तोष प्राप्त होला । सानो प्रयत्नले ठुलो काम सम्पादन हुनेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ हुनेछ ।

(८) वृश्चिक :  तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफुले गरेका कामको प्रशंसा होला । दिनको उत्तरार्धमा केहि धन खर्च हुनसक्छ  ।  नयाँ कामको थालनी होला ।

(९) धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

धर्मकर्ममा मन जानेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । वुद्दि र विवेकको प्रयोग गर्न सके दिन उत्तम रहने छ ।

(१०) मकर :  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कार्यमा बाधा आउने छ । शरीरमा आलस्यता आउने छ । रोगको बृद्दि होला । बन्न लागेको काम रोकिन सक्ने छ ।

(११) कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

दिन शुभ रहेको छ । कार्यमा लाभ मिल्ने छ । घरमा अतिथिको आगमन हुन सक्ने छ । गरेका काममा सफलता मिल्नेछ ।

(१२) मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च हुन सक्ने छ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ ।