बिर्तामोड / फिल्म निर्माता केदार भुसालले  ‘म राजेश हमाल’ नामको सिनेमा निर्माण गर्ने भएका छन् । यादपी फिल्म राजेश हमालको जीवनीमा आधारित नभएको निर्माताले जानकारी गराएका छन् । 

यस अघि फिल्म निर्माता सन्देश बराइलीले राजेश हमालको जीवनीमा आधारित  ‘मेरो राजेश दाई’ नामको सिनेमा निर्माण गरी सकेका थिए । 

OM Sai Pathibhara Hospital

आउँदो भदौबाट छायाङ्कन सुरु हुने उक्त फिल्ममा संचिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने आदि कलाकार अनुबन्धित भइ सकेका छन् । 

फिल्मको शीर्षकलाई लिएर राजेश हमालसँग कुरा भइरहेको र उनले फिल्ममा अभिनय गर्ने नगर्ने टुङ्गो नलागेको निर्माण पक्षले जनाएको छ । 

जोन योञ्जनले निर्देशन गर्ने उक्त फिल्ममा आर्यन सिग्देल अतिथि भूमिकामा देखापर्दै छन् ।