विराटनगर / मोरङको विराटनगरस्थित महेन्द्र आर्दश बहुमुखी क्याम्पसले विद्यार्थीलाई हाप स्कट र हापपेन्ट लगाएर परिसरमा छिर्न नपाइने गरी कडा नियम लागू गरेको छ ।

क्याम्पस परिसरमा अनावश्यक रुपमा मानिसहरू प्रवेश गर्ने र उत्शृंखल गतिविधिका घटना हुन थालेपछी प्रशासनले कडा नियम लागू गरेको हो ।

OM Sai Pathibhara Hospital

सरकारी कार्यलयमा हापपेन्ट लगाएर प्रवेश गर्न नपाइने नियम सरकारले यस अघि नै  लागू गरिसकेको भए पनि  पूर्ण रुपमा भने लागु हुन सकेको थिएन । तर, महेन्द्र मोरङ क्याम्पसले भने केही दिन यता कडा रुपमा यो नियम लागू गर्न थालेको छ । 

पुरुषलाई हापपेन्ट र महिलालाई स्कट लगाएर गयो भने त्यहाँ खटिएका सुरक्षा गार्डले गेटबाट नै फकाईदिने गरेका छन् । 

क्याम्पस प्रशासनले यो नियम २– ३ महिना अगाडिदेखि नै लागु गरेको त्यहाँ खटिएका सुरक्षा गार्ड नगेन्द्र राईले बताए ।

उनले भने –प्रशासनले हामीलाई जे भन्यो त्यही गर्ने हो जो कोही हापपेन्ट वा स्कटमा सेवाग्राही वा विद्यार्थी प्रवेश गर्यो भने फर्काइदिनु भनेको छ, हामीले त्यही गरेको हो ।

क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले क्याम्पसमा हापपेन्टमा आउने विद्यार्थी हुन की गाँजा खाने मान्छे हुन् भनि छुटाउन नै गाह्रो हुन थाल्यो त्यही भएर यो नियामलाई कडा गर्न थालेको बताए ।

तिम्सिनाले भने, –‘क्याम्पसमा पछिल्लो समय अलिक बढी अनैतिक र उश्रृंखल खालका गतिविधि हुन थालेपछि हामीले परिसर भित्र आउनेहरुलाई कडाइ गर्न थालेका हौँ।