बिर्तामोड / गायक दुर्गेश थापाको गीत ‘ख्यास्स पुतली’को विवाद सेलाउन नपाउँदै फेरि अर्को गीत विवादित बनेको छ ।

गायक यज्ञ बिक र गायिका शक्ति श्री परियारको स्वर रहेको ‘हेर्ने हो देखाइदिम’ बोलको गीत विवादमा मुछिएको हो ।

OM Sai Pathibhara Hospital

उक्त गीतमा प्रयोग गरिएका शब्दले दोहोरो अर्थ दिन्छन् । ‘राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल’ले गीतले अश्लिलतालाई इकित गरेको भन्दै आपत्ति जनाएको छ । 

तीन दिन अघि उक्त गीतको भिडियो रिलिज भएको थियो । उक्त भिडियो देखेपछि सामाजिक संजाल प्रयोगकर्ताले प्रश्न उठाएका छन् । 

यस अघि नै प्रतिष्ठानले दोहोरो अर्थ दिने किसिमका गीत नगाउन गायक, गायिकालाई आग्रह गरेको थियो । तर उनीहरूले प्रतिष्ठानको आग्रहलाई वेवास्ता गर्दै आएका छन् ।