बिर्तामोड / अभिनेत्री ऋचा शर्मा आउँदो सेप्टेम्बरमा आमा बन्दै छिन् । आफ्नो प्रसव महिना नजिकिँदै गर्दा अभिनेत्री शर्माले कमेडी च्याम्पियन सिजन –२ को निर्णायक छाड्ने भएकी छिन् । 

सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई निर्णायक रहेको उक्त सो अन्तिम ५ मा पुगी सकेको छ । 

OM Sai Pathibhara Hospital

ऋचा शर्मा आउँदो साताको सोमा उपस्थित हुने छिन् । त्यसपछिका सो  ऋचा शर्मा बिना नै संचालन हुने छन् । अभिनेत्री आफैले पनि शनिबार प्रसारण भएको कमेडी च्याम्पियन सो मार्फत आफू निर्णायक नरहने खुलासा गरेकी छिन् । 

उनको ठाउँमा अतिथि निर्णायकलाई कार्यक्रममा अनुबन्धित गरिने कार्यक्रमका संयोजक विशाल भण्डारीले जानकारी दिएका छन् ।