काठमाडौँ / प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि विरोधमा उत्रिएका डेढ सय शिक्षकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार नेपाल शिक्षक महासङ्घको नेतृत्वमा बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

महासङ्घले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्द्व पीडित शिक्षकहरूको समस्या समाधान गरिनुपर्ने माग राखेको छ । 

यस्तै, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलब, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरू राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ ।