जनकपुरधाम / अवैध रुपमा सञ्चालित विद्यालयबाट एसइइ परीक्षामा सहभागि बनेका ३० जना विद्यार्थीको भविष्य नै चौपट हुने भएको छ ।
जनकपुरको थापा चोकमा अवैध रुपमा सञ्चालनमा रहेको युनाइटेड एकेडेमीमा अध्ययनरत कक्षा १० का ३० जना विद्यार्थीको एसइईको नतिजा सी प्लस आएपछि उनीहरूको भविष्य सङ्कटमा परेको हो ।


सो विद्यालयका विद्यार्थीले मिथिला नगरपालिकाको कटरैतस्थित सरस्वती माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी हुने गरेका थिए ।
आन्तरिक मूल्याङ्कनको क्रममा युनाइटेड एकेडेमीमा अध्ययनरत ३०  विद्यार्थीलाई मागेजति पैसा नदिएपछि सी प्लस  ग्रेड मल्याङ्कन गरिदिएकाले उनीहरूको बेहाल हुने भएको हो । सरस्वती माविका प्रधानाध्यापक बद्रिनारायण यादवले ए प्लस गे्रडिङका लागि प्रति विद्यार्थी १० हजारका दरले मागेको र नदिएपछि मुल्यांकन घटाएको युनाइटेडका प्रिन्सिपल कुशे यादवले आरोप लगाएका छन्  ।

विद्यार्थीका अभिभावकले नतिजा प्रति आपत्ति जनाउँदै सोमबार जनकपुरधाम उप महानगरपालिकाका मेयर लाल किशोर साह संग भेटेर सो विषयमा जानकारी गराएका छन् ।

मेयर साहले विद्यार्थीको भविष्य संग खेलवाड गर्नेलाई कानुनी कारवाही गर्न उपमहानगरको शिक्षा शाखालाई निर्देशन दिएका छन् ।

विद्यार्थीले आफ्नो भविष्य संग खेलवाड गरेको भन्दै युनाइटेड एकेडेमी विद्यालयका अगाडि सोमवार प्रदर्शन गरेका छन् । उनीहरु र अभिभावकले विद्यालयका विरुद्ध अदालत जाने चेतावनी समेत दिएका छन् ।

सो विषयमा उमहानगरकी शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेले क्षमता भन्दा कम ग्रेडिङ्ग गर्ने विद्यालयलाई कारवाही गरिने र राष्ट्रिय परीक्षा बोर्डलाई यो विषयमा जानकारी गराउने बताएकी छन् । 

OM Sai Pathibhara Hospital