काठमाडौँ / माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको नतिजा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर प्रमाणित गरी सार्वजनिक गरेको हो। 

नतिजा बोर्डको आधिकारिक वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ ।  नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।

OM Sai Pathibhara Hospital

त्यसैगरी www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com,  www.see.ntc.net.np,  www.ncell.axiata.com बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ । देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।