बिर्तामोड / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

कोरोनाका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो ।

OM Sai Pathibhara Hospital

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा 

परीक्षार्थीले बोर्डको अफिसियल वेबसाइटबाटनेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा. लि. इडियु संजाल, नेपाल टेलिकम, कान्तिपुर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

बोर्डले www.see.gov.npwww.neb.gov.npwww.theconnectplus.comwww.see.edusanjal.comwww.see.ntc.net.np www.ekantipur.comwww.ricell.axiata.com बाट नतिजा हेर्न सकिने जनाएको छ ।

त्यसैगरी बोर्डले परीक्षाको नतिजा इजी सर्भिस प्रा.लि.बाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालि मार्फत ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।