बिर्तामोड / नेपालकी पौडीबाज गौरिका सिंहले टोकियो ओलम्पिकमा आफ्नै कीर्तिमान तोडेकी छिन् । जापानमा जारी ३२ औँ ओलम्पिकमा गौरिकाले आफ्नै कीर्तिमान तोडेकी हुन् । 

एक्युटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।  

OM Sai Pathibhara Hospital

हिट चरणमा गौरिकाले १ः०० बजेर ११ सेकेन्डमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।

यसअघि गौरिकाको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।