काठमाडौँ / कक्षा १२ को परीक्षा अघि नै विद्यार्थीलाई खोप दिन  संसदको शिक्षा तथा स्वास्थ समितिले सरकारलाई सुझाव दिएको छ । साउन ३१ गते शुरु हुने कक्षा १२को परीक्षामा ४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव भएको निर्णय सुनाउदै समिति सभापति जयपुरी घर्तीले बताएकि छिन् । 

कक्षा १२ को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

OM Sai Pathibhara Hospital

यस्तै समितिले बढी विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भएकाले बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न भनेको छ ।

विद्यार्थीहरुले यो वर्ष कक्षा १२को परीक्षा होम सेन्टरमै दिन पाउने छन् ।