काठमाडौँ / मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहन गर्ने उदेश्यले सरकारले फिल्म निर्माणमा लगानी गर्ने भएको छ । एक सार्वजनिक सूचना प्रकाशन गर्दै मंगलबार चलचित्र विकास बोर्डले सरकारले १० फिल्म निर्माणमा लगानी गर्ने जानकारी दिएको हो । 

आर्थिक वर्ष ०७८/०७९ देखि दश फिल्ममा सह–लगानी गर्ने भनिएको सूचनामा बोर्डमा पाँच फिचर र पाँच छोटो फिल्म रहनेछ ।  मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उदेश्यले चलचित्र विकास बोर्डले गत वर्ष स्टोरी बैंक समेत स्थापना गरेको थियो ।

OM Sai Pathibhara Hospital

कस्तो फिल्ममा र कति लगानी गर्ने भन्ने बिषयमा भने बोर्डले केही जानकारी दिएको छैन ।  अघिल्लो आर्थिक वर्षमा स्टोरी बैंकमार्फत तीन छोटो र तीन फिचर फिल्म छनौट भएका थिए । यी तीन फिल्मलाई निर्माणमा बोर्डले सहयोग गर्ने भएको छ । स्टोरी बैंकमा प्राप्त फिल्मबाट छनौट समितिले ६ फिल्म सिफरिस गरेको थियो ।