काठमाडौँ / स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा त्रिभुवन विश्वविद्यालयमा आजबाट सुरु भएको छ । झण्डै दुई वर्षदेखि कोरोना महामारीका कारण रोकिएको परीक्षा आजदेखि भौतिक रुपमा सुरु भएको हो ।

कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । तर, प्रवेशपत्र प्रिन्ट गर्ने बेला फोटो र पूरा विषय नआएको, केन्द्र परिवर्तन नभएको जस्ता समस्या परीक्षार्थीहरुले भोगेका छन् ।

OM Sai Pathibhara Hospital

आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षेरतीन वर्षे परीक्षा शुरु भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । उनका अनुसार भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन् । ‘रेगलुर र आंशिक सबै परीक्षा सुरु गरेका छौं,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘विद्यार्थीहरु अलमोस्ट सबै सहभागी भएका छन् ।’

परीक्षा नियन्त्रक जोशीले अहिले नागरिकता वा परिचय खुल्ने अन्य परिचयपत्र हेरेर सहज रुपमा परीक्षा दिने व्यवस्था मिलाउन केन्द्राध्यक्षहरुलाई भनिएको र नमिलेका अन्य कुराहरु विद्यार्थीहरुको निवेदनको आधारमा मिलाइने बताए ।