झापा /सम्झौता अवधि बाँकी रहँदै नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अलमुताइरीले राजीनामा दिने बताएका हुन् ।

साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले राजीनामा दिनुपर्ने कारण अखिल नेपाल फुटबल संघ ९एन्फा० का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ भएको बताएका छन् । उनले आफू राजीनामा दिन जान लागेको र त्यसको कारण नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको लेखेका छन् ।

OM Sai Pathibhara Hospital

कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पदक सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले ४ अन्तराष्टिय खेल खेलेको थियो । उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए ।