इलाम / इलाममा पिलरले लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको नेपालटार स्थित हर्क बहादुर गुरुङको घरमा डेरा गरी बसेका इलाम नगरपालिका ६ खरेल डाँडाका बचासदिप रिजालको छोरा ८ वर्षीय ग्रेसधीफ रिजाल रहेका छन् ।

शुक्रबार बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनको लागी तयार गरिएको पक्की सिमेन्टको पिलरले लागेर गम्भिर घाईते भएका थिए । घाईते उनको  उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।