काठमाडौँ / जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ
ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएका
छन् ।
केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत
महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोरेका छन् ।
जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने
रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेका छन् । भट्टले डोल्गोभासित
इप्पोनको आधारमा पराजय बेहोरेका छन् ।
भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म
मात्र भिड्न सकेका छन् । उनि वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएका हुन् ।
भट्टले २०७६ मङ्सिरमा नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा महिला ४८
किलोमुनिको तौलमा कास्य पदक प्राप्त गरेका थिए ।
आजै भएको सुटिङ स्पर्धामा नेपालकी कल्पना परियारले पनि
पराजय बेहोरेका छन् थियो । टोकियो
ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले
प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १००
मिटर फ्रि स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।