खलङ्गा / जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र
उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि
प्रभावित भएका छन् ।
नगरप्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी
न्यौपानेबीचको विवादका कारण आर्थिक वर्ष २०७८/७९ को बजेटसमेत आउन नसकेको जनाइएको छ
।
नगरप्रमुख सेजुवालले बहुमतले गत असार ३१ गते बजेट पारित
गरिएको बताएका छन् । नगर उपप्रमुख न्यौपानेले नगरपालिको बजेट पारित नभएको जानकारी दिएका
छन् । वैधानिकरूपमा बजेटमा हुने छलफल हुन सकिरहेको अवस्था नरहेको कर्मचारी
बताउँछन् ।
प्रमुख र उपप्रमुखको
विवाद थेग्न नसक्दा नगरपालिकाका कर्मचारीलाई समेत काम गर्न कठिन भएको
बताइएको छ । नगरपालिकाको राजश्व शाखामा राजश्व बुझाउन आएका सेवाग्राही पनि कठिन
भएको बताउँछन् । राजश्व परामर्श समितिको बैठक नबस्दा राजश्व उठाउनसमेत कठिन भएको
जनाइएको छ ।
आन्तरिक विवादका कारण नगरपालिकाले पछिल्लो तीन वर्षमा
सार्वजनिक सुनुवाइ समेत गर्न सकेको छैन । नगरवासी नगरपालिकाले गरेका कामको जानकारी
नभएको भन्दै आक्रोशित हुँदै आएका छन् ।