गलेश्वर / हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको
व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका
छन् ।
गत चैतमा पनि खपटे घुन र गवाँरो रोगले क्षति पु¥याएको केरा खेती
तङ्ग्रिन नपाउँदै पुनः रोग फैलिएपछि यहाँ केरा खेती गरेका कृषक चिन्तित बनेका हुन्
।
पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि
गाउँपालिका र बेनी नगरपालिकाको वडा नं २ खबरा, बगरफाँट, वडा नं ४ सिङ्गा, थामडाँडालगायत
जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा किरा र रोगको प्रकोप
देखिएपछि किसान मारमा परेको वेनी नगरपालिका–२ बगरफाँटका कृषक
दुर्गाबहादुर थापाले बताएका छन्।
केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका–२ बगरफाँट गाउँमा
खपटे घुन र गवाँरो रोगले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका
छन् । केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्कीले
केराका बोट नपसाउँदै सुक्न थालेपछि आफू चिन्तित भएको बताएका छन् । उनले सात रोपनी
क्षेत्रफलको जग्गामा केराखेती गरेका छन् । खपटे घुनले केराको बोट सुक्दै जाने र
उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको कृषक कार्कीको भनाइ छ ।
किसानले धान फल्ने खेतमा केराखेती शुरु गरेका हुन् । शुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि
भने खपटे घुन र गवाँरोले व्यावसायिक केराखेतीमा ठूलो क्षति पुर्याएको उनको भनाइ छ
।
बगरफाँट र खबरामा मात्रै ४०० रोपनी क्षेत्रफलमा केराखेती
गरिएको छ । केरा बेचेर खबरामा वार्षिक रु ५० लाखभन्दा बढी भित्रिने गरेको छ ।