काठमाडौँ / बेलायतमा विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय कानून र मानवअधिकार विषयको प्राध्यापन गर्दै आएका प्रा डा सूर्यप्रसाद सुवेदीले आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि सङ्ग्रह गरिएका अन्तर्राष्ट्रिय कानून र मानवअधिकार सम्बन्धी पुस्तकसहित दश लाख त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसलाई प्रदान गर्ने घोषणा गरेका छन्। 

बेलायतको हल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा विशिष्ट श्रेणीमा प्रथम हुनाका साथै अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधिको उपाधि हासिल गरेका प्रा सुवेदीले  अध्ययन तथा  प्राध्यापनका क्रममा सङ्कलन गरेका छन् आफैद्वारा प्रकाशित पुस्तक  आफैले कानूनमा स्नातक गरेको उक्त क्याम्पसलाई दिने निधो गरेका छन् हो । उनले ती सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउने पनि जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

लिड्स, लण्डन र अक्सफोर्डलगायत संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीको निजी सङ्कलनमा रहेका अन्तर्राष्ट्रियस्तरका यस्ता ग्रन्थले नेपालका वर्तमान र भावी पुस्ताका छात्रछात्रा लाभान्वित हुने भएका छन् 

उनले प्रदान गर्ने दश लाख नेपाल ल क्याम्पसको मुद्दती खातामा जम्मा गरी त्यसको वार्षिक ब्याजबाट प्रत्येक वर्ष उक्त क्याम्पसको पुस्तकालयमा नयाँनयाँ ग्रन्थ  थप्दै जाने व्यवस्था पनि गरिएको छ । प्राज्ञिक उन्नयनमा सघाउन अमूल्य सहयोग प्रदान गरेको भन्दै क्याम्पस पधाधिकारीले प्रा सुवेदीलाई धन्यवाद दिएका छन् ।