बागलुङ / मौलिक र झर्रो रत्यौली गीत स्यानी मायाको म्युजिक भिडियोले युट्युबमा सार्वजनिक भएको चार दिन नबित्दै आठ लाख बढी भ्यूजबटुलेको छ ।

वसन्त थापायुट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म आठ लाखभन्दा बढी पटक हेरिएको छ। गीतलाई ३६ हजारले लाइकर चार हजार ५०० बढीले टिप्पणी गरेका छन् । गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीले दिएका छन्।

OM Sai Pathibhara Hospital

केटा पक्षको शब्द भने गायक थापाले लेखेका छन् । गीतको भिडियोमा गायक थापासहित दुर्गेश थापा, ओवी रायमाझी, दिपाशा विसी, बीना विश्वकर्मा र युनिशा खत्रीको अभिनय छ । सङ्गीत संयोजन सङ्गीतकार आशिष अविरलले गरेका छन् । अभ्यास डिजिटलले गीत बजारमा ल्याएको हो ।

मौलिक गायन, ठेट लय र शब्दका कारण गीतलाई छोटो समयमै स्रोता/दर्शकले रुचाएका हुन् । गायक थापाले गीतबाट राम्रो प्रतिक्रिया पाएको बताएका छन् । सर्जक/गायिका सुवेदीले यसअघि सोही भाकामा टिकटक र युट्युब माध्यममा गीत गाउँदै आएका छन्।

गायक थापाकै पहलमा सुवेदीलाई स्टुडियोसम्म ल्याएर गीत रेकर्ड गराइएको हो । तीज पर्वको अवसर पारेर उक्त रत्यौली भाकाको गीतलाई स्रोता/दर्शकमाझ ल्याइएको गायक थापाले बताएका छन् । गीतमा आमा, छोरा र बुहारीको संवाद छ । आमाप्रति सन्ततिको श्रद्धा र सन्ततिप्रति आमाको प्रेममय आर्शीवचनलाई गीतमा लयबद्ध गरिएको छ ।

अश्लिलता मिश्रित रत्यौलीको परम्परा तोडेर यस गीतले लोक जीवनको शब्द, लय र सङ्गीतलाई मुखरित गरेको छ । गीतको सन्देश फरक भए पनि भाका भने रत्यौली नै हो”, गायक थापा भन्छन् । सुर्खेतमा जन्मनुभएकी सुवेदीले सङ्कलन गर्नुभएको यस भाकामा उहाँ आफैँले पहिलोपटक स्टुडियो सम्म पुगेर स्वर दिएका छन् हो ।