चितवन / भरतपुर महानगरपालिका१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ। नजिकै गोलीको एउटा खोका पनि भेटिएको उनले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उनले मृत पुरुषको सनाखत भई नसकेको बताएका छन् । सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अध्ययन थालेको प्रहरीले जानकारी दिएको छ ।