सुनसरी / प्रतिबन्धित औषधी सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान - १६ का १९ वर्षीय कुमार तामाङ रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

मंगलबार राति ८ बजे अस्थाई प्रहरी पोष्ट धरान उपमहानगरपालिका - ८ तिनकुनेबाट परिचालन भएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धित औषधी स्पास्पेन्  १५०० ट्याब्लेट र ट्रामोल ५० एमजी १५०० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा राखी कानुनी प्रक्रियाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।