बिर्तामोड / साठीको दशकबाट नेपाली सिनेमा क्षेत्रमा संघर्षरत नाम हो-श्रीदेव भट्टराई  । इलाममा जन्मिएर काठमान्डौ लाई कर्मथलो बनाउने र सानै उमेर बाट कलाकार बन्ने उनले दृढसंकल्प लिएका थिए ।

उनि भित्र अभिनयको भोक थियो,त्यहि भोकले उनलाई चलचित्र क्षेत्रमा तानेर ल्यायो । सन् २००३मा 'इलाम बजार धुमौला' बोलको गीतमा मोडलिङ गरेर उनले आफ्नो करियर सुरु गरेका थिए । भाईमारा नामक चलचित्रबाट सिनेमा मा डेब्यु गरेका उनले न्युजेनेरेसन,विराने माया, सुकुल गुण्डा ,कुईनेटो लगायत ९ वटा भन्दा बडी चलचित्रमा अभिनय गरेका छन् ।

OM Sai Pathibhara Hospital

उनले मोडलिङ गरेका १८३ वटा म्युजिक भिडियो रिलिज भएका छन। नाच्न जानेर, अनुहार राम्रो हुँदैमा एक्टर नहुने बताउने श्रीदेवले गिनिज बुक अफ वल्र्ड रेर्कडमा आफ्नो नाम समेत लेखाएका छन्। विश्वको सबै भन्दा अग्लो स्थानमा म्युजिक भिडियो सुटिंग गरेर उनले आफ्नो नाम लेखाएका हुन्।

श्री देव भट्टराई गीत पनि लेख्छन्,झण्डै आधा दर्जन गीत लेखेका उनले गीत पनि गाएका छन् । सन२०१८मा कतारको दोहामा भएको फिल्मी अर्वाडमा बेस्ट डिसिप्लेन एक्टरको अर्वाड हासिल गर्ने उनी पहिलो नेपाली कलाकार हुन्। थुप्रै अर्वाड तथा पुरस्कारले सम्मानित उनको कुईनेटो नामक चलचित्रको गीत भर्खरै रिलिज भएको छ।