काठमाडौँ / गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय
क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई
सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् ।
राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको भेटमा उनले
सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा
खोप दिने योजना रहेको बताएका छन् ।
राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकारसमेत रहनुभएका
गृहमन्त्री खाँडले भन्छन्, “नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस
सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।” सहकारीको विकास र
विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने उनले बताएका छन् ।
सो अवसरमा महासङ्घका अध्यक्ष मीनराज कँडेल र वरिष्ठ
उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासङ्घका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले
सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई
प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् ।