झापा / किरात साहित्यकार
तथा लेखक नरबहादुर लिम्बू (नवल फाइवाली)को निधन भएको छ । अर्जुनधारा ७ निवासी ८०
वर्षीय साहित्यकार नवल फाइवालीको मंगलबार दिउँसो निधन भएको हो ।
किरात धर्म, संस्कार र भाषाका लागि विज्ञ मानिएक उनलाई ५ दिनदेखि
स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उपचारका लागि बिर्तामोडको बिर्ता सिटी
हस्पिटलमा भर्ना गरिएको थियो।
उनको एन्टिजेन परीक्षण
गरिँदा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उपचारकै क्रममा हृदयघात भइ निधन
भएको कान्छा छोरा राज लिम्बूले जानकारी दिएका छन् ।
अहिले उनको शव
व्यवस्थापनको तयारी भइरहेको छ । आजै शनिश्चरेको सालबारी जंगलमा अन्त्येष्टि गरिने
परिवारले जनाएको छ ।