झिमरुक / पौडी खेल्ने
क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा जिल्लाको
सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा
मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर)की सात वर्षीया छोरी सर्मिला थापा
मगर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक
देवीप्रसाद गैरेले जानकारी दिएका छन् ।
सोमबार अपरान्ह ३ बजे
पौडी खेल्ने क्रममा दुबै बालिका नदीमा बगेको प्रहरीले जनाएको छ। स्थानीयवासीका
अनुसार दुबै जना बाख्रा चराउन गएका थिए ।
घरबाट बाख्रा चराउन गएको
र नदीमा पौडी खेल्ने क्रममा बगेर दुबै बेपत्ता भएको स्थानीयवासीले जनाएका छन्।
स्थानीय बासिन्दा र
प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य जारी राखेको सूचना अधिकारी गैरेले बताएका
छन् ।