काठमाण्डाै / कोरोना संक्रमणको जोखिम बढे सँगै स्थगित भएको कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । 

कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो । 

OM Sai Pathibhara Hospital

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताएका छन् । सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ ।

आज बेलुका ५ बजे बस्ने बैठकले परीक्षा सञ्चालनको मिति तोक्ने सम्भावना रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका छन् । 

गएको जेठमा तय गरेको परीक्षा कोभिड-१९को सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो ।