दमक / परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीका लागि आयोजना गरेको देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया श्रेष्ठ प्रथम भएकी छन् ।

सप्तरङ्गी एफएमको बाल मञ्जरी कार्यक्रमकी प्रस्तोता श्रेष्ठको प्रतियोगितामा एउटै छ माटोको रङशीर्षकको कविता उत्कृष्ट छनोट भएको हो ।

OM Sai Pathibhara Hospital

देशभरिबाट प्राप्त २८ वटा कवितामध्ये श्रेष्ठले वाचन गरेको कविता उत्कृष्ट ठहरिएको हो । विद्यार्थीले आफूले वाचन गरेका कविताको भिडियो आयोजकलाई पठाएका थिए ।

प्राप्त कवितालाई निर्णायकले सुनेर विजेता छनोट गरेका हुन् । प्रतियोगितामा काठमाडौँकी प्रविज्ञा नेपाल द्वितीय, मोरङको रतुवामाइकी शर्मिला चौलागाईं तृतीय र बुटवलका रोशन घिमिरे र मोरङका दीपेन्द्र बराइलीले चौथो स्थान प्राप्त गरेका छन् ।

जुम मार्फत भएको प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार चूडामणि नेपाल अकिञ्चनरहेका थिए ।