बिर्तामोड /  विश्व फुटबलको ठुलो प्रतियोगिता युरोकपको उपाधिका लागी आज राती इटाली र इङ्ल्यान्ड बीच हुने फाइनल भिडन्त सँगै यहाँसम्म आइपुग्दा विचित्र लाग्ने गरि ११ अङ्कको संयोग देखाएको छ । कोरोनाका कारण घोषित मिति भन्दा ११ महिना ढिला भएको प्रतियोगिता ११ जुनमा सुरु भएर ११ जुलाईमा सकिँदै छ ।

युरोकपको इतिहासमानै पहिलो पटक यो वर्ष ११ नै आयोजक बन्न पाए । यो पटक प्रतियोगिताका खेलहरूमा लन्डन (इङ्गल्यान्ड), सेभिला (स्पेन), ग्लास्गो (स्कटल्याण्ड), कोपनहेगन (डेनमार्क), बुडापेस्ट (हंगेरी), एम्स्टरडम (नेदरल्याण्ड्स), बुखारेष्ट (रोमानिया), रोम (इटली), म्युनिख (जर्मनी), बाकु (अजरबैजान) र सेन्ट पिटर्सबर्ग (रुस) हुन्।

OM Sai Pathibhara Hospital

यो पटकको सेमिफाइनलमा इङ्गल्यान्ड र डेनमार्क बिचको खेलमा डेनमार्कका खेलाडी सिमोन केजरले गरेको गोल प्रतियोगिताको ११ औं आत्मघाती गोल समेत बन्यो । डेन्मार्कलाई हराउँदै फाइनलमा पुगेको इङ्ल्यान्डले इटालीलाई हराएमा युरोकपको उपाधि जित्ने इङ्गल्यान्ड ११ औं  मुलुक समेत बन्ने छ । 

आज हुने फाइनलमा इङ्गल्यान्डले १ गोल गरेको खण्डमा जारी युरोकपमा इङ्गल्यान्डको ११ गोल हुनेछ । उपाधि होल्डमा रहेको इटालीको यो पटकको फाइनल यात्रा पनि ११ औं नै हो ।  ठूला प्रतियोगिताको फाइनलमा आज हुने खेल सँगै ११ पटक पुग्न इटाली सफल पनि बनेको छ ।