काठमाडौँ / अस्ट्रेलियासँगको पहिलो टीट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज १८ रनले विजयी भएको छ । १ सय ४६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १६ ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । खेलमा वेस्ट इन्डिजका आन्द्रे रसेलले अर्धशतक बनाएका हुन् । अस्ट्रेलियाका जोश हेजलवुडले तीन र मिचेल मार्शले दुई विकेट लिएका थिए ।

OM Sai Pathibhara Hospital

जितसँगै पाँच खेलको टीट्वान्टी श्रृङ्खलामा वेस्ट इन्डिज एकशून्यले अघि भएको छ । पाँच टीट्वेन्टी र तीन खेलको एक दिवसीय खेल्न अस्ट्रेलिया वेस्ट इन्डिज भ्रमणमा छ ।