बिर्तामोड / कलाकार गरिमा शर्माले एपिवान टेलिभिजन र रजतपट अनलाइनले आफ्नो चरित्रहत्या गरेको भन्दै रजतपटमाथि आपत्ती जनाएकी छिन् । शर्माले विज्ञप्ति जारी गर्दै रजतपट कार्यक्रमले आफ्नो चरित्रहत्या गरिएको प्रति आपत्ती जनाएकी हुन् । 

उनले जारी विज्ञप्तिमा भनेकी छिन – ‘उक्त सामाग्री तयार गर्नु अघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसंग टेलिफोन सम्पर्क भै, सामान्य बिषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनी सत्य तथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी बदनियतपूर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भिर अन्याय भएको महसुस गरेको छु ।’ 

OM Sai Pathibhara Hospital

शर्माले आफ्नो चरित्र हत्या गर्ने रजतपट कार्यक्रम र प्रस्तोताविरुद्ध कानूनी कारवाहीमा जाने चेतावनी समेत दिएकी छिन् । 

कलाकार शर्मा गायक दुर्गेश थापासँग टिकटक लाइभमा आएपछि चर्चा शुरु भएको थियो । गरिमा र दुर्गेशबीच भएको कुराकानीको एउटा क्लिप्स सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उक्त क्लिप्समा दुर्गेश र गरिमाको संवाद सुन्दा उनीहरूबीच रहेको लामो प्रेम सम्बन्ध भर्खरै टुटेको आभाष हुन्छ । जुन उनीहरूबीच एउटा गेम थियो । 

उक्त क्लिप्सलाई लिएर टेलिभिजन कार्यक्रम रजतपटले समाचार बनाएपछि गरिमाले कार्यक्रम प्रस्तोता विरुद्ध आपति जनाएकी हुन् ।

यस्तो छ विज्ञप्ति

रजतपट कार्यक्रममा चरित्रहत्या गरिएकोप्रति गम्भिर आपत्ती !

सम्पुर्णमा नमस्कार,म गरिमा शर्मा । केहि समयदेखि नेपाली कलाकारीतामा छु । यो क्षत्रमा रहँदा सकेसम्म विवादमा नफस्ने कोशिस गर्दा गर्दैपनि जबरजस्ती विवादमा तानिन्छ । 
यसै सन्दर्भमाहिजो अर्थात् असार २४ गते साँझ एपिवान टेलिभिजन र रजतपट अनलाइन युट्युब च्यानलबाट प्रसारित कार्यक्रम रजतपटमा मेरो बिषयमा निर्माण गरिएको अतिरञ्जित र भ्रमपूर्ण टेलिभिजन रिपोर्टप्रति गम्भिर आपत्ती प्रकट गर्दछु । 
नेपाली कला क्षत्र र कलाकारहरुलाई प्रोत्साहन गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम र प्रस्तोता नै भ्रमित सामाग्री प्रसारण गरी कलाकारहरुलाइ अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यको घोर भर्त्सना पनि गर्छु ।
केहि दिन अगाडी टिकटक लाइवमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरुका टुक्रा टुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो । उक्त संवाद कसरी शुरु भएको थियो र के सिसिलामा थियो भन्ने स-प्रमाण भिडियो मैले मेरो युट्युब च्यानलमा अपलोड गरिसकेको छु । तसर्थ त्यो हेरिसकेपछी थप प्रष्ट हुनेछ । 
उक्त सामाग्री तयार गर्नु अघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी ज्यूसंग टेलिफोन सम्पर्क भै, सामान्य बिषय रहेको र हाँसो ठट्टा मात्र रहेको भनि सत्य तथ्य जानकारी गराउँदा गराउँदै पनि यसरी बदनियतपुर्ण समाचार प्रसारित गर्नुले म माथि गम्भिर अन्याय भएको महशुस गरेको छु । तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न वाध्य भएको व्यहोरा पनि यसै विज्ञप्तीमार्फत जानकारी गराउनु चाहन्छु ।
यसखालको भ्रामक र बदनियतपुर्ण खवरलाइ विश्वास नगरिदिनुहुन म आम् दर्शक र शुभेच्छुकहरुमा अपिल गर्दछु ! साथै यस अन्यायका विरुद्धमा बुलन्द आवाज बोलीदिनुहुन सबैमा अनुरोध गर्छु । यहाँहरुको अनवरत माया र सद्भावका निम्ति सदैव आभारी छु ।

धन्यवाद् !

गरिमा शर्मा २०७८-०३-२५