काठमाडौँ / नेपाली बलर सन्दीप लामिछाने गएराती बेलायत प्रस्थान गरेका छन् । द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न सन्दिप बेलायत प्रस्थान गरेका हुन् ।

आउँदो २२ तारिखदेखि सुरु हुने द हन्ड्रेड प्रतियोगितामा सन्दिप ओभल इन्भिन्सिबलबाट खेल्ने भएका छन् ।
बेलायत पुगेपछि सन्दीप त्यहाँ १० दिन क्वरेण्टीनमा बस्नेछन्। दुई पटक कोरोनाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी नभए सन्दीप क्रिकेट खेल्ने जनाईएको छ ।

OM Sai Pathibhara Hospital

यसअघि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी टीट्वान्टी ब्लास्ट क्रिकेट खेल्न पाएका थिएनन् ।