बिर्तामोड / डेनमार्कलाई २–१ अन्तरले पराजित गर्दै इंग्ल्यान्ड युरो कपमै पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि कप्तान ह्यारी केनले अतिरिक्त समयमा गोल गर्दै इङ्ल्यान्डलाई उपाधि नजिक पुर्याएका हुन् ।

OM Sai Pathibhara Hospital

खेलको पहिलो हाफमा इङ्ल्यान्डले बलियो सुरुवात गरेपनि अग्रता भने डेनमार्कले लिएको थियो । फ्रिकिकमा मिकेल डाम्सगार्डको सुन्दर गोलमा अघि बढेको डेनमार्कको अग्रता ९ मिनेट पनि टिकेन ।

इङ्ल्यान्डले पहिलो हाफमा नै खेल बराबर गरेको थियो । दोस्रो हाफमा दुबै पक्षबाट कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । 

अतिरिक्त समयको पहिलो हाफमा इंग्ल्यान्डले पेनाल्टी प्राप्त गरेपछि कप्तान केनले उक्त अवसरको सदुपयोग गरेका थिए । उनको पहिलो प्रहार गोलरक्षकले विफल पारेपनि रिबाउन्डमा गोल गर्न सफल रहेका थिए । अब आइतबार हुने फाइनलमा इंग्ल्यान्डले इटालीको सामना गर्नेछ