बिर्तामोड / डेनमार्कलाई २–१ अन्तरले पराजित गर्दै इंग्ल्यान्ड युरो कपमै पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।
९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि कप्तान ह्यारी केनले अतिरिक्त समयमा गोल गर्दै इङ्ल्यान्डलाई उपाधि नजिक पुर्याएका हुन् ।
अतिरिक्त समयको पहिलो हाफमा इंग्ल्यान्डले पेनाल्टी प्राप्त गरेपछि कप्तान केनले उक्त अवसरको सदुपयोग गरेका थिए । उनको पहिलो प्रहार गोलरक्षकले विफल पारेपनि रिबाउन्डमा गोल गर्न सफल रहेका थिए । अब आइतबार हुने फाइनलमा इंग्ल्यान्डले इटालीको सामना गर्नेछ



































