काठमाडौं / १६ औं संस्करणको युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन बीच प्रतिस्पर्धा हुनेछ।

दुई टोली बीचको खेल राति १२ : ४५ बजे सुरु हुनेछ । युरोकप फुटबलको सर्वाधिक सफल टोलीको रुपमा रहेको स्पेन आजको खेलमा जित निकाल्दै उपाधि नजिक पुग्ने योजनामा छ । स्पेनले तीनपटक युरोकप फुटबलको उपाधि जितेको छ ।

OM Sai Pathibhara Hospital

स्पेनले क्वाटरफाइनल मा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३ - १ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी, इटाली युरोकप फुटबलको दोस्रो उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौँ पटक प्रतिस्पर्धा हुन लागेको हो । इटाली र स्पेन बीचको विजेताले फाइनलमा इङ्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।

इटाली र स्पेन बीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदाँ ९ खेल इटालीले जितेको छ ।

इटालीले १४ खेलमा स्पेनलाई दुईपटक हराएको छ । ७ खेल बराबरी खेल्दा ५ खेलमा इटाली पराजित भएको छ ।