काठमाडौं / आज युरोकप १६ औं संस्करणको फुटबल अन्तर्गत क्वाटरफाइनलका दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क प्रतिस्पर्धा गर्न लागेका हुन् ।

चेक रिपब्लिक डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ   चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

OM Sai Pathibhara Hospital

चेक रिपब्लिकले प्रि-क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्समाथि - गोलको जित निकालेको थियो डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो १० खेलाडीमा सिमित वेल्सलाई - गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम आठको यात्रा तय गरेको हो

आज हुने दोस्रो खेलमा युक्रेन र इङ्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् । इटालीको रोमामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै  क्वाटरफाइनलमा पुगेको हो इंग्ल्यान्डले प्रि-क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई - गोल अन्तरले पराजित गरेको थियो युक्रेनले भने स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो युक्रेनले स्विडेनलाई अतिरिक्त समयमा - गोल अन्तरले पराजित गरेको थियो।