काठमाण्डौ
/ बलिउड अभिनेता आमिर खान र किरण रावको सम्बन्ध विच्छेद
हुने भएको छ । १५ वर्षको वैवाहिक जीवनको अन्त्यको घोषणा गर्दै दुवैले अब आआफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने बताएका छन्।
उनीहरुले
संयुक्त विज्ञप्ति निकाल्दै आगामी दिनहरुमा पति-पत्निको सट्टा फरक तरिकाले जिवन जिउने घोषणा गरेका हुन्।
आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ।”
उनीहरुले आगामी दिनमा एकसाथ काम गर्ने घोषणा गरेका छन् । आफ्नो सन्तान प्रति समर्पित हुने उल्लेख गर्दै उनीहरुले आफ्ना परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।