काठमाडौं / युरोकप २०२० अन्तर्गत आज क्वार्टरफाइनलको दुई खेल हुँदैछन्।रसियाको क्रेस्टो भस्की स्टेडियममा हुने खेलमा स्विट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटालीबीचको प्रतिस्पर्धा हुँदैछ।

पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्विट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेन बीचको खेल राति ९ : ४५ बजे हुनेछ । अर्को खेलमा बेल्जियमले इटालीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल राति १२ : ४५ बजे जर्मनीको म्युनिकमा हुनेछ ।

OM Sai Pathibhara Hospital

स्विट्जरल्याण्डले अन्तिम १६ मा फ्रान्सलाई पेनाल्टीमा हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो । त्यसैगरी स्पेनले क्रोएसियालाई ५ - ३ गोलले पराजित गर्दै स्विट्जरल्याण्ड सँगको भेट पक्का गरेको हो।

बाँकी दुई क्वाटरफाइनल खेल शुक्रबार हुनेछ । जसमा चेक रिपब्लिक र डेनमार्क तथा युक्रेन र इंग्ल्यान्ड भिड्नेछन् ।