बिर्तामोड / अखिल नेपाल फुटबल संघ एन्फाको बन्द प्रशिक्षण स्थगित गरिएको छ । प्रशिक्षणमा सहभागी खेलाडीलाई कोरोना संकमण पुष्टि भएपछि प्रशिक्षण स्थगित गरिएको हो । 

राष्ट्रिय फुटबल टिमका बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा संक्रमण पुष्टि भएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । 

आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साताका लागि सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जनाएको थियो । 

OM Sai Pathibhara Hospital

कोरोना संकमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् । च्याम्पियनका लागि मुख्य प्रशिक्षण अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाएका छन् ।