बिर्तामोड / संघिय सरकारका शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले नेपालको नयाँ नक्सा नरहेका पुस्तकको बिक्री वितरण गरेको पाईए कारवाही गरिने चेतावनी दिएको समयमा नै सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले बितरण गरेका पुस्तकमा नै नेपालको पुरानो नक्सा रहेको पाईएको छ ।  

जनक शिक्षाले बितरण गरेका पुस्तक मध्ये कक्षा ५ को सामाजिक अध्ययन तथा सिर्जनात्मक कला बिषय र कक्ष ९ को सामाजिक अध्ययन बिषयका पुस्तकमा नेपालको पुरानो नक्सा रहेको पाईएको हो ।

केहि दिन अघि निजी क्षेत्रका पुस्तक प्रकाशन गृहसँगको भर्चुअल वैठकमा शिक्षा मन्त्री श्रेष्ठ र मन्त्रालयका अधिकारीले नेपालको पुरानो नक्सा भएका पुस्तक वितरण गरेको पाईए कानुनी कारवाही गर्ने चेतावनी दिएका थिए ।

वितरीत पुस्तकमा कक्षा ९ को सामाजिक अध्ययन विषयको नक्सा  कार्य शीर्षकको पाठ ७ मा र कक्षा ५ को पाठ ६ मा  पुरानै नक्सा प्रकाशन रहेको पाईएको हो