बिर्तामोड / स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ । कोभिड – १९ का कारण करिव २१ महिनादेखि रोकिएको परीक्षा साउनमा हुने भएको हो । 

त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् ।

OM Sai Pathibhara Hospital

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले परीक्षा फारम भर्न छुटेका विद्यार्थीलाई असार १५ सम्म समय दिएको र क्याम्पसहरूले २०७८ असार १६ गतेभित्र आवश्यक प्रक्रिया पुर्‍याइ आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यलयमा बुझाउन निर्देशन दिएको छ ।

वार्षिक परीक्षा प्रणाली अन्तर्गत तीन र चार वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा कोभिड –१९ का कारण वैशाख १३ गतेपछिका परीक्षाहरू स्थगित भएका थिए ।


परीक्षा दिन परीक्षार्थीहरूले आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिनुपर्ने छ । यसमा अन्यथा हुन गएमा त्रिवि परीक्षा नियन्त्रण कार्यलय जवाफदेही नहुने जनाएको छ ।