काठमाडौं / एसईई परीक्षाको नतिजा सार्वजनिक नहुँदै सरकार सञ्चालन गरिरहेको एमालेको ओली समूहका नेताले आफ्नो लगानी रहेका निजी कलेजमा विद्यार्थी भर्ना खुलाएका छन् ।  एमाले नेताद्वारा सञ्चालित सञ्चालित निजी कलेजले कक्षा ११ को लागि भन्दै भर्ना खुलाएका हुन् ।

एसईईको परीक्षाफल प्रकाशन र कक्षा ११ को परीक्षा नै हुन नसकेको अवस्थामा एमालेको ओली समुहका नेता नेता रमेश सिलवाल र लोक बहादुर भण्डारीको लगानीमा सञ्चालित कलेजले कक्षा ११ का लागि भर्ना खुलाएका हुन् ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव समेत रहेका ओली समुहका नेता एवं हिसानका अध्यक्ष रमेश सिलवालको लगानीमा सञ्चालित गोल्डेनगेट इन्टरनेसनल कलेज र नेपाल स्काउटको संयोजक समेत रहेका हिसानका महासचिव लोकबहादुर भण्डारीको लगानी रहेको  जेभियर इन्टरनेसनल स्कुलले कक्षा ११ को भर्ना खुलाएका हुन् ।

गोल्डेनगेट र जेभियर इनटरनेशनल कलेजले भर्ना खुलाएपछि काठमाण्डौ उपत्यकाका दर्जनौं कलेजले भर्ना आह्वान गरेका छन् । यसरी भर्ना आव्हान गर्ने कलेजको सुचीमा नेशनल स्कुल अफ साइन्स , साउथ वेस्ट्रन स्टेट कलेज, युनिग्लोब्स कलेज, जेभिएर एकेडेमी, काठमाडौं ओल्ड स्कुल, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर, सेन्ट लरिएन्स कलेज र द टाइम्स इन्टरनेसनल कलेज लगायत रहेका छन् ।

सरकारको नेतृत्व गरेको दलकै प्रभावशाली नेताहरूको लगानीमा सञ्चालित कलेजले नियम विपरीत भर्ना सुरु गरे पनि शिक्षा मन्त्रालय र मातहतका सरकारी निकाय भने रमिते भएर बसेका छन् ।