विराटनगर / भारतमा अध्ययनरत नेपाली विद्यार्थी बिसाल तिम्सिना सिएमा इन्डिया टपर भएका हुन् । हजारौं विद्यार्थीसँगको प्रतिष्पर्धामा सर्वोत्कृष्ट अङ्क ल्याउँदै उनी प्रथम बनेका हुन् ।

भारतको चेन्नाई अध्ययनरत उनले २०२१ मा भएको सिएको फाइनल परीक्षामा सर्वोत्कृष्ट हुँदै भारत टपर बनेका हुन् ।सिएमा इन्डिया टपर हुने उनी नै पहिलो विदेशी विद्यार्थी समेत रहेको बताईएको छ ।

उनले अध्ययन गरेको विराटनगरको ग्रिनल्याण्ड कलेजले तिम्सिना इन्डिया टपर भएको जनाएको छ । कलेजमा २०७१/७२ मा प्लस टु पुरा गरेर अध्ययन गर्न चेन्नाई पुगेका तिम्सिना सिएमा इन्डिया टपर भएको कलेजका प्रिन्सिपल दीपक पोखरेलले जानकारी गराएका छन् ।