युक्रेन / युक्रेनका युवा अलेक्जेन्डर कुड्ले र युवती भिक्टोरिया पुस्टोविटोवाले आफ्नो सम्बन्धमा एक अर्कालाई बुझ्ने र प्रेम परिक्षण गर्ने निर्णय गरेका थिए । भ्यालेन्टाइन डेको अवसरमा आफैंलाई हतकडीले हातमा एकसाथ बाँधी उनीहरु चार महिना सँगै समय बिताएका छन् ।

१२३ दिनसम्मको अवधिमा सबै कुरा एक अर्कामा संलग्न भएर गरिरहँदा उनीहरु कपडा बदल्ने देखि शौचालयमा जाँदा सम्म उनीहरु सँगै रहन्छन् । युक्रेनको इतिहासमा लामो समयसम्म हतकडी लाउनेको रेकर्ड यो जोडीले पायो तर उनीहरूको सम्बन्ध भने दिगो रहन सकेन । उनीहरूले हतकडी काटेर छुट्ने निर्णय गरेकाछन् ।

OM Sai Pathibhara Hospital

सम्बन्ध दिगो रहन नसक्नुको कारण उनीहरूले एकअर्कालाई राम्रोसँग चिनेको र जीवनप्रति आफूहरूको फरक दृष्टिकोण रहेकाले विचार नमिल्ने भन्दै अलग हुने निर्णय लिएको बताएकाछन् ।

बिहीबार बिहान चेन ब्रेकिङ समारोहमा स्वतन्त्र भई आफूलाई आत्मनिर्भर बनाउदै व्यक्तिगत विकास गर्न खोजिरहेको दुवैले खुलासा गरेकाछन्।

यी युवा जोडीले उनीहरूको हतकडी भने लिलामीमा राख्ने योजना बनाएका छन् जसको मूल्य ११०,००० अमेरिकी डलर रहेको छ ।