एजेन्सी / भारतीय अभिनेत्री रेवती संपतले आफु यौन शोषणमा परेको भन्दै सामाजिक सञ्जाल फेसकबुक मार्फत १४ जनाको नाम सार्वजनिक गरेकी छन् । 

उनले सार्वजनिक गरेको सूचीमा चर्चित अभिनेता सिद्दीकी, डिवाइएफआई नेता नन्दु अशोकन, निर्देशक राजेश टचरिवर, फोटोग्राफर आशिक माही, अभिनेता शिजु ए।आर, केरला फेसन वीकका संस्थापक अभिल देव, डक्टर अजय प्रभाकर, साइबल बुल एम।यसएसएस, सौरभ कृष्णन, डीवाईएफआई युनिट कमिटीका सदस्य नेदुमकाड, सब इन्सपेक्टर बीनुलगायत व्यक्ति  रहेका छन् ।

OM Sai Pathibhara Hospital

‘पटनागढ’ फिल्मकी अभिनेत्री रेवतीले आरोप लगाएकाको सुचिमा रहेका चर्चित अभिनेता सिद्दीकीलाई यसअघि पनि यौन शोषणको आरोप लागेको थियो। 

सुचिमा समावेश व्यक्तिले आफुलाई प्रोफेसनल, व्याक्तिगत, साइबर स्पेस लगायत विभिन्न माध्यमवाट शारीरिक, मानसिक र भावनात्मक रुपमा दुर्व्यवहार र शोषण गर्ने गरेको उनले दाबी समेत गरेकी छन्।