काठमाडौँ / १६ औं संस्करणको युरोकप फुटबलमा आज (बुधबार) तीन खेलहरु हुँदैछन्। युरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपमा आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ।

आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ। फिनल्याण्ड लगातार दोस्रो जीत निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । ३ अंक जोडेको फिनल्याण्ड समूहको दोस्रो स्थानमा रहेको छ।

OM Sai Pathibhara Hospital

रुस भने पहिलो जीत निकाल्ने योजनामा हुनेछ। पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए को’ वेल्स र टर्कीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । वेल्स पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा वेल्सले स्वीजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । टर्की पहिलो अंक जोड्न चाहन्छ । टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो । यस समूहमा वेल्स १ अंक जोडेर तेस्रो र टर्की अंकविहीन रहँदै पुछारमा रहेको छ।

आज हुने तेस्रो खेलमा इटाली र स्वीजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। इटाली र स्वीजरल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। इटाली लगातार दोस्रो जीत निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा इटालीले टर्कीलाई हराएको थियो । इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

स्वीजरल्याण्ड १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। स्वीजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो । तर, आज इटालीलाई हराएर स्वीजरल्याण्ड पहिलो जीत निकाल्न चाहन्छ।