बिर्तामोड / एक साता अघि मात्रै विश्वकप छनोटमा चिलीसँग बराबरीमा रोकिएको स्टार फुटबलर लियोनेल मेसीको अर्जेन्टिना कोपा अमेरिका कपको जारी प्रतियोगितामा पनि बराबरीमा नै रोकिएको छ  ।

प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको खेलमा चिलीले अर्जेन्टिनालाई बराबरीमा रोेकेको हो ।

OM Sai Pathibhara Hospital

प्रतियोगिताको पहिलो हाफको ३३ औं मिनेटमा अर्जेन्टीनाका कप्तान लियोनेल मेसीले पहिलो गोल गरेका थिए । मेसीले पाएको फ्रिकमा सानदार गोल गर्दै उनले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता कायम गरेको अर्जेन्टिनालाई दोस्रो हाफको ५७ मिनेटमा चिलीका भर्गासले गोल गर्दै बराबर बनाएका थिए । डि बक्स भित्र फल भएपछि चिलीले पाएको पेनाल्टी हान्दै भिडालले गोल गर्ने प्रयास गरेका थिए । भिडालको प्रहार अर्जेन्टिनी गोलकिपरले रोक्न सफल भएपनि फर्किएको गोल चिलीका भर्गासले प्रहार गरी गोल गरेका थिए  ।

आफ्नो पहिलो खेलमा नै अर्जेन्टिना बराबरीमा रोकिएको छ । अर्जेन्टिनाले अर्को खेल आगामी शनिबार उरुग्वेसँग खेल्ने छ ।

आजै बिहान भएको अर्को खेलमा पाराग्वेले बोलिभियालाई ३–१ गोलले पराजित गरेको छ ।