बिर्तामोड / कोरोना महामारीका कारण रोजगारी गुमेपछि आर्थिक अभावले डेढ महिनाको अवधिमा मनोरञ्जन क्षेत्रका २५ मजदुरले आत्महत्या गरेका छन् ।

मनोरञ्जन क्षेत्रमा कार्यरत मजदुरको संरक्षणमा काम गर्दै आएको विश्वास नेपाल नामको गैरसरकारी संस्थाले डेढ महिना यताको निषेधाज्ञाको समयमा आर्थिक अभाव भएपछि २५ जनाले आत्महत्या गरेको जनाएको हो ।

OM Sai Pathibhara Hospital

होटेल , रेष्टुरेन्ट , क्लब र दोहोरी साँझ लगायतमा काम गर्ने श्रमिकहरु मध्ये यसपटकको निषेधाज्ञाका २५ श्रमिकले रोजगारी गुमाउँदा खाने र बस्ने समस्या भएपछि उनीहरुले आत्महत्या गरेको सो संस्थाले जनाएको छ ।

सो संस्थाले मनोरञ्जन क्षेत्रमा नेपालमा आठ लाखले रोजगारी पाएको समेत तथ्याङ सार्वजनिक गरेको छ । गत वर्षको निषेधाज्ञाका रोजगारी गुमाएपछि आएको समस्याका कारण २९९ जनाले आत्महत्या गरेको पनि सो संस्थाले जानकारी गराएको छ ।

विश्वास नेपालले आयोजना गरेको भर्चुअल वैठकमा सो संस्थाकी अध्यक्ष तारा भण्डारी , परियोजना संयोजक विवेक शर्मा र पैरवीकर्ता रसना ढकालले कोरोनाका कारण रोजगारी गुमाउँदा मनोसामाजिक समस्या, आर्थिक अभावका र पारिवारिक कलहजस्ता समस्याले मजदुरले आत्महत्याको बाटो रोज्ने गरेको बताएका छन् ।