बिर्तामोड/ भारतीय फुटवल खेलाडी सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्यामा अर्जेन्टीनाका खेलाडी समेत रहेका फुटवल स्टार लियोनल मेसीलाई पछि पारेका छन् । कतारको दोहास्थित जसिम बिन हमाद रंगशालामा विश्वकप छनौट अन्तरगत भएको बंगलादेशसँगको खेलमा २ गोल गर्दै क्षत्रीले मेसीलाई पछि पारेका हुन् ।

बंगलादेशसँगको खेलमा क्षेत्रीले ७९औं र ९२औं मिनेटमा गोल गर्दै भारतलाई जित दिलाएसँगै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्‍याएका हुन् । क्षेत्रीले यूएईका अली माबखौतलाई पनि उछिनेका छन् । माबखौतले यसै साता भएको खेलमा २ गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ७३ पुर्‍याएका थिए । सन् २००५ को जुन १२ मा डेब्यु गरेका क्षेत्रीले ११७ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।  

OM Sai Pathibhara Hospital

मेसीले पनि यसै साता भएको चिलीविरुद्धको खेलमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो गोलसंख्या ७२ पुर्‍याएका थिए । उनले अहिले सम्म १४३ अन्तराष्ट्रिय खेल खेलेका छन् । पोचुर्गलका क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि १७४ खेल खेल्दै आफ्नो नाममा १०३ अन्तर्राष्ट्रिय गोल बनाएका छन् ।

स्मरण रहोस अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी इरानका अली दाई हुन् । उनले १४९ खेलमा १०९ गोल गरेका छन् ।