बिर्तामोड / फिफा विश्वकप कतार २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा आज नेपालले जोर्डनसँग खेल्दै छ। नेपालले र जोर्डन बिचको खेल आज राति ९:४५ बजे कुवेतको जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुदैछ ।

चाइनिज ताइपेईलाई २–० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ। छनोटको समूह बीमा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ। नेपाल तालिकाको चौंथो स्थानमा छ। जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा छ।

OM Sai Pathibhara Hospital

नेपालले जोर्डनविरुद्ध हालसम्म तीन खेल खेलेको छ। जसमध्ये नेपालले जोर्डनसँगका दुई खेल गुमाएको छ। एक खेल भने बराबरी खेलेको छ। नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो।

जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो। त्यसको केही दिनमै घरेलु मैदानमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो। पछिल्लो खेलमा भने नेपाल ३–० ले पराजित भएको थियो।